अज्ञात समूहद्वारा गाउँपालिकाका प्रशासकीय अधिकृत कुटपिट

मुगु । मुगुमा एक गाउँपालिकाका प्रशासकीय अधिकृतलाई अज्ञात समूहले कुटपिट गरेको छ। जिल्लाको सोरु गाउँपालिकाका प्रशासकीय अधिकृत परशुराम उपाध्यायलाई सोमबार ५/६ जनाको समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

सदरमुकाम गमगढीबाट कार्यक्षेत्र जाँदै गर्दा सोरु गाउँपालिका ७ सिप भन्ने ठाउँमा ५/७ जना माक्स लगाएको टोलीले दिउँसो साढे १२ बजेतिर उनलाई कुटपिट गरेको प्रहरीले जनाएको छ।

‘कुटपिटपछि उनी बेहोस भएका थिए, जिल्ला प्रहरी कार्यालय मुगुका एक अधिकारीले भने, ‘उपाध्यायको टाउको र शरीरमा गहिरो चोट लागेको छ।’
उनको जिल्ला अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्‍ज रिर्फर गरिएको प्रहरीले जनाएको छ। उनीमाथि आक्रमण गर्नेको खोजी कार्य भैरहेको जनाएको छ।