अर्थमन्त्री भन्छन्ः मुटुको बिरामी छु, सनसीटी गएको छैन्

काठमाडौं । अर्थमन्त्री तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले आफु सनसीटी अपार्टमेन्ट नगएको स्पष्ट पारेका छन् । अर्थमन्त्री डा. खतिवडाका प्रेस संयोजक यमन प्रसाद पौडेलले विज्ञप्ति प्रकाशित गर्दै मन्त्री मुटुको रोगी भएको र सनसीटी अपार्टमेन्टमा नगएको स्पष्ट पारेका हुन् ।

यस्तो छ अर्थमन्त्रीको स्पष्टीकरण : सनसिटी अपार्टमेन्टमा आन्तरिक समिति गठनका लागि चैत ८ गते भएको भनिएको निर्वाचनमा मा। अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू सहभागी हुनु भएको छैन ।

पछिल्ला समयमा उहाँले कुनै पनि सार्वजनिक कार्यक्रम तथा भेलाहरुमा समेत सहभागी हुनु भएको छैन । उहाँ निवास, सिंहदरबार र बालुवाटार मात्र काममा व्यस्त हुनु भएको छ ।

मन्त्रीज्यू आफंैमा मुटुको विरामी भएको हुदाँ स्वास्थ्यका विषयमा निकै सजक हुनुहुन्छ । निर्वाचित समितिलाई बधाई दिन जानु भएको विषयमा कुनै सत्यता नभएको जानकारी गराउदँछु ।