आज देशका विभिन्न ठाउँमा मेघगर्जन र हावाहुरी सहित पानी पर्ने सम्भावना

काठमाण्डौ : आज देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबतास सहित पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले आज देशभरिकै मौसम सामान्यतया बदली भइ मध्य र पूर्वका केही तथा पश्चिमका थोरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्न सक्ने मौसमविद्ले बताएका हुन् । यस्तै कतै कतै असिना पनि पर्न सक्नेछ ।

आज राति देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भइ पहाडी क्षेत्र र तराईका केही ठाउँमा हावाहुरी, चट्याङसहित असिना पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शनिबार भने मौसममा सुधार आउनेछ।

तर भोलि पनि मध्य र पूर्व तथा पश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना छ । यस कै प्रभावले गए राति देशका विभिन्न ठाउँमा पानी परेको थियो । पश्चिमी वायुको प्रभावले आज देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबतास सहित पानी पर्न सक्ने मौसम विद्ले बताएका हुन् ।