करोडबाट रोडमा आएका पत्नी पी’डितको प्रश्न- “समाजले पुरुषको आँ’सु किन देख्दैन ?”

काठमाडौं। महिला र पुरुष समान हुन् तसर्थ हक, अधिकार र कर्तव्य दुवैलाई बराबर हुनु पर्छ। समतामुलक समाजमा महिला वा पुरुष कोही पनि कसैबाट पीडित हुनु हुँदैन । आफ्नो हक अधिकार सदुपयोग गर्दा अरुको हक अधिकार हनन हुनु हुँदैन। नेपालमा कयौ पतिपीडित महिलाहरु छन्, कयौं पत्नी पी’डित पुरुषहरु छन् ।

सामान्यत: पतिपीडित महिलाहरु न्यायका लागि खुलेर बाहिर आएका छन् तर पत्नी पी’डित पुरुषहरु भने आफ्नो मान मर्यादामा आंच आउने डरले सार्वजनिक हुन चाहदैनन् । तर झापाका तेज बहादुर भण्डारी भन्छन्- “सहन शीलताको सिमा नाघेपछि सार्वजनिक नभएर पनि भएन।” उनी थप्छन्- “श्रीमान पनि पीडित हुनु भएन, श्रीमती पनि पीडित हुनु भएन।”

सहनशीलताको सिमा टुटेपछि जो कोही पनि आफ्नो न्यायका लागि मुख खोल्नुपर्ने उनको बुझाइ छ। समाजबाट अपहेलित हुने डरले सकेसम्म मिल्ने र सहने कोसिस गर्दागर्दै पनि झन्झन् पी’डित बन्नु परेपछि उनले केन्द्रबिन्दु मिडिया मार्फत पहिलोपटक आफ्नो पीडा पोखेका हुन्। माया र विश्वासले सर्वस्व सुम्पेका भण्डारीले उनै पत्नीबाट कुटपिट, गाली बेइज्जती मात्रै होइन मुद्धा मामिला पनि झेलेका छन् ।

झापामा उनको करोडौको सम्पत्ति छ। त्यो सम्पत्ती उनले अफ’गानि’स्तानमा नेटो सेनासंग काम गरेर पठाएको रकमले जोडेको उनको दावी छ। तर, उनी अहिले काठमाडौँको सडक पेटीमा तरकारी बेच्छन् । श्रीमतीबाटै चरम शारीरिक, मानसिक र आर्थिक पीडा भोगेका भण्डारीले हामीसंग भिडियो अन्तर्वार्ता दिएका छन्। थप सामाग्री उनकै मुखबाट।