काठमाडौं जाँदै गरेको बस दुर्घटनाः दर्जनौंको मृत्यु भएको आशंका, ३ जनाको शव निकालियो

सिन्धुपाल्चोकको मागा देउरालीबाट काठमाडौं जाँदै गरेको यात्रुबस अरनिको राजमार्गको सुकुटे नजिकै दुर्घटना भएको छ ।

सडकबाट सय मिटर तल सुनकोशी नदिमा बस खस्दा बसमा सवार सबैको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । केही शब खोलामा बगिरहेको दृश्य पनि देखिन्छ । एक बालकको उद्दार गरिएको छ । थप विवरण आउन बाँकी छ ।