कृष्णबहादुर महरालाई आज अदालतमा उपस्थित गराईंदै

बलत्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँदै छ।महरालाई बिहान १० बजे अदालत उपस्थिति गराउन लागेको प्रहरीले जानकारी दिएको हो ।

संघीय संसद्की कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख महरालाई बिरूद्ध १८ असोजमा पीडित महिलाले जबर्जस्ती करणी उद्योग मुद्दामा जाहेरी दिएकी थिइन् ।