कोरोना संक्रमणका कारण पाकिस्तानमा ज्यान गुमाउनेको संख्या १०७ पुग्यो

काठमाडौं, ०३ बैशाख । चीनको वुहानबाट फैलिएको कोभिड १९ नाम दिइएको प्राणघातक कोरोना भाइरस संक्रमणबाट पाकिस्तानमा ज्यान गुमाउनेको संख्या एक सय ७ पुगेको छ । त्यस्तै, संक्रमितको संख्या पाँच हजार ९ सय ८८ पुगेको छ ।

यसैबीच, एक हजार ४ सय ४६ जना निको भएका छन्, भने अहिलेसम्म ४ हजार ४ सय ३५ वटा कोरोनाका केसहरु एक्टिभ छन् । जसमध्ये ४६ वटा केसहरु सिरियस छन् । हालसम्म पाकिस्तानमा ७३ हजार ४ सय ३९ जनामा कोरोना टेष्ट गरिएको छ ।

वल्र्डोमिटर्सको ताजा अपडेट अनुसार हालसम्म कोरोना संक्रमणका कारण १ लाख २६ हजार ८ सय ३० को ज्यान गइसकेको छ, भने संक्रमितको संख्या बीस लाख, ४ हजार ९ सय ८९ पुगेको छ । यसैबीच चार लाख ८५ हजार ३ सय ६२ जना निको भइसकेका छन् ।