क्रिस गेलले विश्वकप क्रिकेटको पहिलो खेलमा नै बनाए कीर्तिमान

विस्फोटक ब्याटस्म्यान क्रिस गेलले विश्वकप क्रिकेटको पहिलो खेलमा नै कीर्तिमान बनाएका छन्।

पाकिस्तानविरूद्धको खेलमा ५० रनको पारी खेलेका गिलले विश्वकपमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान बनाएका हुन्।

हिजोको खेलमा उनले ३४ बलमा ५० रनको पारी खेलेका थिए। गेलले चौथो ओभरमा लगातार २ छक्का प्रहार गरेका थिए।

उनले यी छक्कासँगै दक्षिण अफ्रिकाका एबी डिलिवियर्सको कीर्तिमान भंग गरे। पाकिस्तान विरूद्ध ३ छक्का र ६ चौका हानेका गिलले डिलिवियर्सको नाममा रहेको सर्वाधिक ३७ छक्काको रेकर्ड तोडेका हुन्।

डिविलियर्सले २३ खेलबाट ३७ छक्काको कीर्तिमान आफ्नो नाममा लेखाएका थिए। गिलले यो कीर्तिमान २७ खेलबाट तोडे। विश्वकप क्रिकेटमा उनको छक्का संख्या ४० पुगेको छ।

यस सुचिमा अस्ट्रेलियाका रिक्की पोन्टिङ तेश्रो नम्बरमा रहेका छन्। उनले ४६ खेलबाट ३१ छक्का बनाएका छन्।