गर्मीले कोरोनालाई पार्छ यस्तो प्रभाव

गर्मी लागेपछि कोरोना भाइरसको संक्रमण अन्त्य हुने दाबी धेरै देशका मानिसले गरिरहेका छन् । कतै औषधि पानीमा उमालेर सेवन गर्न सल्लाह दिइएको छ । यहाँसम्म कि नुहाउनका लागि तातोपानीको प्रयोग गर्नसमेत भनिएको छ ।

करिब एक महिनायता सामाजिक सञ्जाल यस्ता अफवाहले भरिएका छन् । एउटा पोस्टमा दाबी गरिएको छ कि, तातोपानी पिउने र सूर्यको किरणमा रहँदा भाइरस मर्छ । आइसक्रिमलगायत चिसो पदार्थ नखानसमेत भनिएको छ । अब जानौँ गर्मीले कोरोनालाई पार्ने प्रभावबारे :

– बेलायती डाक्टर सारा जार्विसका अनुसार सन् २००२ को नोभेम्बरमा सार्स महामारी सुरु भयो जुन जुलाईमा नियन्त्रणमा आयो । तर, यो तापक्रममा आएको परिवर्तनका कारण भयो या अन्य कुनै, त्यो भन्न गाह्रो छ ।

-भाइरसबारे अनुसन्धान गर्ने अर्का डाक्टर परेश देश पाण्डेका अनुसार गर्मी समयमा हाच्छ्युँ गर्दा आएको थुकको छिटा भुइँमा झरेर चाँडै सुक्ने हुनाले संक्रमण फैलिने सम्भावना कम हुन्छ ।