गोहीको आक्रमणबाट ज्यान गयो

सप्तरी – सप्तकोशी नगरपालिका–९ मा गोहीको आक्र’मणबाट एक जना किशाेरकाे ज्या’न गएको छ । गोठालो गएको समयमा गोहीले आक्रमण गरेपछि कमलपुरका १४ वर्षीय रुपेशकुमार यादवको ज्यान गएको हो ।

गएको बुधबार गोठालो गएका रुपेशलाई गोहीले तानेर कमल दहको गहिरो भागमा पुर्याएर बेपत्ता भएका रूपेशको खोजी गर्ने क्रममा शनिबार शव फेला परेको प्रहरी चौकी फत्तेपुरले जनाएको छ ।

घर नजिकैको पोखरीमा आहाल बसेको भैँसी निकाल्न जाने क्रममा गोहीले उनीमाथि आक्रमण गरेको हुनसक्ने प्रहरी चौकीका प्रहरी नायब निरीक्षक (सई) अयोध्या शरणले जानकारी दिनुभयो ।