चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु

दार्चुला / गएराती दार्चुलामा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ। दुई जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिका– ६ तिखाधारका भद्रसिंह खातीकी ७ वर्षीया छोरी लक्ष्मी खातीको मंगलबार राति चट्याङ लागेर मृत्यु भएको हो।

प्रहरीका अनुसार चट्याङ लागेर खातीकी पत्नी सीता र छोरा राजेन्द्र सामान्य घाइते भएका छन् । चट्याङले घर पूरै भत्किएको छ भने गोठमा रहेका गोरुगोरुसमेत मरेको प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।