चिनियाँ राष्ट्रपति सीको बिदाईमा राखिएको कार्पेटमा सर्प हिडेपछी…!

चिनियाँ राष्ट्रपति सी जिनपिङको बिदाईका लागि राखिएको रेड कार्पेटमा सर्प आएको छ । सी विमानस्थल पुग्नु केही मिनेट पूर्व सर्प कार्पेटमा आएको हो । सीको सम्मानका लागि तयारी अवस्थामा राखिएको कार्पेटमा सर्प हिडेपछि सुरक्षाकर्मीले लखेटेका थिए । यस्तै तरिकाले केही समय अघि नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीका लागि राखिएको रेड कार्पेटमा पनि सर्प हिडेको थियो ।

राष्ट्रपति भण्डारी गत चैतमा अमेरिका भ्रमण पूरा गरेर स्वदेश फर्कदा उनको स्वागतका लागि विछ्याइएको रेड कार्पेटमा सर्प हिडेको थियो । राष्ट्रपति भण्डारीको स्वागतका लागि केही विशिष्ठ व्यक्ति आउने क्रम जारी नै थियो, ठिक त्यही बेला एउटा सर्प राष्ट्रपतिको स्वागतका लागि विछ्याइएको रातो कार्पेटमा देखा परेको थियो ।