चीनले कोरोना संकटबाट फाइदा उठाउन खोजेको बेलायती सांसदको आरोप

बेलायती सांसद टम टुगेनढाटले कोरोनाभाइरसका कारण उत्पन्न संकटबाट चीनले फाइदा उठाउन खोजेको आरोप लगाएका छन् । इन्टरनेट प्रविधिको तरिका बदलेर अनि इमानिजेसन टेक्नोलोजीज जस्ता कम्पनीलाई नियन्त्रणमा लिएर चीनले फाइदा उठाउने प्रयास गरेको उनको भनाइ छ ।

बुधवार स्काई टेलिभिजनसँग कुरा गर्दै टुगेनढाटले भने, ‘चिनियाँ सरकार र सरकारको स्वामित्वमा रहेका कम्पनीहरू आकजल निकै सक्रिय छन् र उनीहरूले यस समयको उपयोग गर्न खोजिरहेका छन्,’ फरेन अफेयर्स सेलेक्ट कमिटीका अध्यक्ष समेत रहेका टुगेनढाटले बताए ।

‘इमाजिनेसन टेक्नोलोजीज जस्ता कम्पनीमा विगत केही हप्तादेखि व्यवस्थापन परिवर्तन गर्न खोजिँदैछ । यो कोभिड संकटका बेलामा गरिँदैछ, त्यसमाथि प्रधानमन्त्री अस्पतालमा भएको मौका छोपेर,’ उनले भने । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिइने फन्ड कटौती गर्ने निर्णयले आफूलाई चिन्तित तुल्याएको पनि उनले बताए ।