चैते दशै: ईतिहासमा पहिलोपटक दन्तकाली मन्दिर प्रबेशमा रोक

धरान । कहिल्यै बन्द नहुने धरानको दन्तकाली मन्दिरमा ईतिहासमै पहिलोपटक प्रबेश निषेध गरिएको छ । विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण हरेक क्षेत्र लकडाउनको चपेटामा परेको छ ।

सार्वजनिक स्थलमा भीडभार्ड गर्दा यो भाइरसको संक्रमण फैलिन सक्ने भन्दै नेपाल सरकारले हरेक क्षेत्रमा लकडाउन गरेको हो । यसको प्रभाव शैक्षिक क्षेत्र, सभा सम्मेलन, मठ मन्दिर मात्र हैन नेपालीहरुको मौलिक पर्वमा समेत परेको छ । यस्तै बर्षै्पिच्छे धुमधामका साथ मनाइने चैते दशै सर्वसाधारणले खुलेर मनाउन पाएका त छैनन् पूजाआजाका लागि मन्दिर प्रवेश गर्न समेत पाएका छैनन् ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाका कारण धरान १४ मा रहेको शक्तिपीठ दन्तकाली मन्दिरमा प्रत्येक बर्ष हुने पूजाआजा नृत्य पूजा बाहेक सर्वसाधारणको लागि यस बर्ष बन्द गरिएको छ । एक हप्ता भन्दा अघि धरान उपमहानगरपालिका, मन्दिर व्यवस्थापन समिति र धरान १४ का बुद्धिजीविहरुको छलफलले मन्दिरमा समेत लकडाउन गरेसंगै चैते दशैका समयमा बर्षैपिच्छे गरिने पूजाआजा यस बर्ष रोकिएको हो । अन्य बेला होस् या चाडपर्वका समयमा दन्तकाली मन्दिरमा अहिलेसम्म पूजाआजा रोकिएको अहिलेसम्म थाहा नभएको दन्तकाली मन्दिरका पूजारीहरु बताउछन् ।

मन्दिरका पूजारी कमल भट्टराईले देश नै लकडाउन भएको अवस्थामा मन्दिर पनि लकडाउन भएकोले यस बर्ष नृत्य पूजाबाहेक सर्वसाधारणलाई पूजाआजामा रोक लगाएको बताए । उनले विशेष गरेर दन्तकालीमा चारवटा नवरात्र हुने गरे पनि बासन्त्य नवरात्र र शारदय नवरात्र विशेष चल्ने गरेको बताउनुभयो । उहाले भन्नुभयो–‘शारदय नवरात्र आश्विन शुक्ल पक्ष र बासन्तय नवरात्र चैत्रशुक्ल पक्षमामा पर्ने गर्छ, यसको महत्व धेरै भएपनि बढी भीडभाड हुन नदिन नौ जना पूजारीबाट नित्य पूजाआजा गरे पनि सर्वसाधारणलाई पूजामा रोक लगाइएको हो ।’

उनका अनुसार चैत्य दशै त्यसमा पनि अष्ठमीका दिन बढी उल्लासका साथ पूजाआजा हुने गरे पनि आफू पूजारी भएदेखि पहिलो पटक यसरी लकडाउनका कारण मन्दिरमा सर्वसाधारणले पूजा गर्न नपाएको बताए उनले दन्तकालीको नित्यपूजा सधै हुने गरेको छ भने नैनित्य पूजा जसमा नवदुर्गाका पूजा हुन्छ यो विशेष पूजामा नौ जना पूजारीबाट बलिसहितको पूजा गरिने भएपनि सर्वसाधारणका लागि भने भीडभाडका कारण खुल्ला नगरिने बताए ।

यता धरान १४ विजयपुरका बुद्धिजीवि प्रा्ध्यापक डाक्टर टंक न्यौपानेले यस्तो विषम परिस्थितिमा सबैले आ आफ्न घरमा चैत्रे देशै मनाउनुपर्ने बताउँछन ।
प्रा.डा. न्यौपानेले पनि आफूले थाह पाएदेखि हिन्दु धर्मालम्बीहरुको मौलिक पर्वको रुपमा मानिएको चैते दशैमा दन्तकालीमा सर्वसाधारणलाई रोक लगाएको पहिलो भएको बताए ।

त्यसो त स्थानीय सरकारको रुपमा रहेको धरान उपमहानगरपालिकाले समेत सार्वजनिक स्थलहरुमा लकडाउन गरेका कारण यसबर्षको चैते दशै घरघरमा मनाउन सूचना नै जारी गरेको बताएको छ । धरान उपमहानगरपालिका वडा नं. १४ वडा समितिका वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले कोभिड १९ को जोखिमलाई न्यूनिकरण गर्न यस अघि नै धरान उपमहानगरपालिकाले मन्दिरमा समेत लकडाउन गरेको बताए ।

उनले लकडाउनका बेला पूजाआजा भन्दा पनि स्वाथ्यलाई ध्यानमा राखेर यस बर्षका चैते देशैमा समेत मन्दिरम पूजाआजा गर्न सर्वसाधारणर्ला बन्देज लगाइएको बताए । उनले भने–‘यो विषम परिस्थितिमा स्वास्थ्यलाई मध्यनर गरी मन्दिरमा समेत लकडाउन गरेका हौँ । यस्ता विषम परिस्थितिलाई अधिकांश सर्वसाधारणले सहर्ष स्वीकारेका छन् । इतिहासमै पहिलो पटक लकडाउनका कारण आफ्नो मौलिक पर्वमा बन्देज लागेको भन्दै यसलाई निराशजनक मान्नुभन्दा पनि शक्तिमा बदल्नुपर्ने बताएका थिए ।