जापानमा नेपाली युवा एक वर्षदेखि स’म्पर्क विहीन, खोजी गरिदिन परिवारको आग्रह

काठमाडौं। जापान पूगेका एक नेपाली युवा सम्पर्कविहीन भएका छन्। स्याङजा चापाकोट नगरपालिका–१ खोलागाउँका २२ वर्षीय सन्दीप कोइराला झण्डै एक वर्षदेखि परिवारसँग सम्पर्कविहीन भएका हुन्। गत २०७२ साल चैत्र २९ गते जापान गएका उनी शुरुमा कुरुमे किताक्युस्युमा रहेको ओहारा जिदोस्या कलेजमा अध्ययनरत थिए।

सन्दीप ०७५ मंसिर १७ गते देखि परिवारको सम्पर्कमा नरहेको उनका पिता भूमिप्रसाद कोइराला डिसी नेपाललाई जानकारी दिए । सम्पर्क विहीन रहेका छोरा सन्दीपलाई खोजी गरिदिन परिवारले एन आरएनए क्युसुका संयोजक देवराज उप्रेतीलाई आग्रह गरेको छ।

सन्दीपलाई फेलापारेमा एनआरएनए क्युस्यु अथवा जापान प्रहरीमा जानकारी दिन संयोजक उप्रेतीले जानकारी दिए। उनले जापान प्रहरीसम्म सम्पर्क विहीन सन्दीपको बारेमा जानकारी दिने समेत बताएका छन्। जापान पूगेका स्याङजा चापाकोट नगरपालिका–१ खोला गाउँका २२ वर्षीय सन्दीप कोइराला झण्डै एक वर्षदेखि परिवारसँग सम्पर्क विहीन भएका हुन्।