ट्रम्पलाई २० लाख डलर तिर्न अदालतको आदेश

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले परोपकारी संस्थाको रकम दुरुपयोग गरेको आरोपमा न्युयोर्कको अदालतले २० लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ । ‘डोनल्ड जे ट्रम्प फाउन्डेशन’ नामको परोपकारी संस्थाको रकम राष्ट्रपति ट्रम्पको व्यक्तिगत स्वार्थपूर्तिका खर्च गरिएको भन्दै अदालतले यस्तो आदेश दिएको हो । साथै ट्रम्प र उनका छोरीले सञ्चालन गरेको उक्त परोपकारी संस्थाले राजनीति गर्न नपाउने अदालतको ठहर छ ।

साथै व्यक्तिगत प्रयोजनका लागि खर्च भएको उक्त रकम फिर्ता गर्नुपर्ने बताइएको छ । ट्रम्पले २०१६ को चुनावी अभियानमा उक्त रकम खर्च गरेको अदालतको ठहर छ ।