थप २५ विद्युतीय बस खरिद गर्दै सुन्दर यातायात

काठमाण्डौ – चार बसबाट नेपालमा पहिलो पटक विद्यु तीय बस सञ्चालन गरेको सुन्दर याता यातले यही वर्षभित्रै थप २५ बस थप गर्ने भएको छ । गत महिना सुरु भएको बस नाफामा गएकाले बस थप्ने योजना बनाइएको हो । डिजेलबाट चल्ने बस औसत छ पटक चक्रपथ घुम्दा दैनिक चार हजार रुपैयाँ सम्मको इन्धन खर्च हुन्छ । विद्युत्मा भने औसत ७५० रुपैयाँ खर्च हुने बताइएको छ ।

गत महिनादेखि चक्रपथमा चार वटा बस सञ्चालन गरिरहेको कम्पनीले बस थप्ने योजना बनाएको हो । अहिले चक्रपथमा मात्रै बस सञ्चालन भइरहेकामा नयाँ भित्रिने बस नगरका भित्र भागमा र उपत्यका बाहिर समेत सञ्चालन गर्ने योजना रहेको प्रालिका अध्यक्ष भेष बहादुर थापाले बताउनु भयो । उहाँले २५ बस प्रदेश नं १ र ५ मा सञ्चालन हुने बताउनु भयो ।

प्रदेश नं ५ मा बुटवल–नेपालगञ्ज र प्रदेश नं १ मा काकडभिट्टा– विराटनगर बस सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । ‘प्रदेश नं १ मा मुख्यमन्त्री पनि विद्युतीय बस सञ्चालनमा उत्सुक हुनुभएको छ’, उहाँले भन्नुभयो,‘प्रदेश सरकारसँगको सहकार्यमा आगामी तीन महिनामा बस सञ्चालन हुनेछ ।’ अहिले सञ्चालन भएका र निर्माण भइरहेका बस डिजाइनमा नेपाली प्राविधिक संलग्न रहेका अध्यक्ष थापाले बताउनु भयो ।

युरोपमा चल्ने जस्तो बस हुँदा यहाँको सड कमा उपयुक्त नहुने भन्दै यहाँको सडक सुहाउँदो बस डिजाइन भएको उहाँले उल्लेख गर्नुभयो । बस काठमाडौँका अहिलेका सडकमा गुड्न उपयुक्त रहेको उहाँले बताउनु भयो । कतिपयले सडक खाल्डा खुल्डी हुँदा वा उकालो हुँदा गुड्न कठीन हुने भने पनि त्यसले समस्या नभएको उहाँले बताउनु भयो । ब्याट्रिमा पानी पर्नसक्ने अवस्थामा मात्रै समस्या आउनसक्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सडकमा पानीको मात्रा धेरै हुँदा डिजेलबाट चढ्ने गाडीको इञ्जिनमा समस्या पर्छ भने विद्युतीय बसको ब्याट्रिमा समस्या आउँछ।’ सञ्चालनमा रहेका र आगामी दिनमा भित्रने बस आधुनिक र सुविधासम्पन्न रहेका बताइएको छ। बसमा तीन ‘एयर कन्डिसन’, सात ‘सिसिटिभि’ रहेको थापाले बताउनुभयो । बसमा भाडा तिर्दा मोबाइलबाट समेत तिर्न सक्ने व्यवस्था रहेको छ ।

उहाँले भन्नुभयो, ‘यात्रुले बसबाट झर्दा बिल पाउने र उक्त बिलमा यात्रु चढेको र झरेको समेत उल्लेख हुनेछ।’ विद्युतीय बस खरिद गर्न महङ्गो भए पनि यसको सञ्चालन खर्च कम लागिरहेको अध्यक्ष थापाले बताउनु भयो । विद्युत्को पैसा देश बाहिर नजाने भन्दै कम्पनीले अहिले सरकारले निर्धारण गरेको भाडादरमा २० प्रतिशत छुट गरेको छ । सरकारको विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति अनुसार मूल्य अभिवृद्धि करमा छुट दिनुपर्ने उहाँको माग छ ।

उहाँले भन्नुभयो, ‘सरकारले करमा छुट दिँदा हामी यात्रुलाई अझै बढी छुट दिन सक्नेछौँ ।’ अहिले सञ्चालनमा रहेका बस क्षमता ४० र ३५ सिटका छन्। ४० सिटका उक्त बसको खरिद मूल्य एक करोड ६२ लाख रुपैयाँ रहेको छ । त्यस्तै, ३५ सिटका बसको खरिद मूल्य ५२ लाख रुपैयाँ रहेको छ । यी बस एक पटक पूरै चार्ज गर्न ६० देखि ८० मिनेटसम्म लाग्ने बताइएको छ ।

सरकारको नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने लक्ष्य रहे पनि त्योभन्दा पहिले देखि नै आफूहरुले बस खरिद र सञ्चालनको तयारी गरेको अध्यक्ष थापाले बताउनु भयो । सरकारको नीति बन्दै छ भन्ने जानकारी पाएकै भरमा योजना बना इएको भए पनि धेरै निकायलाई बुझाउन नसक्दा बस दर्ता र रुट लिन सहज नभएको उहाँको भनाइ छ । दुई महिना पहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर यसबारे जानकारी गराउँदा उहाँले दर्ता प्रक्रिया अघि बढाउँदा निर्देशन दिनु भएको थियो ।

प्रालिले अहिले बस सञ्चालनको अनुमति पाए पनि नयाँ संस्थालाई आउन अझै सहज नभएको अध्यक्ष थापाले बताउनु भयो । सरकारले अझैसम्म चार्जिङ स्टेशनका लागि विद्युत् महसुलको निर्धारण गरेको छैन । सरकारले विद्युतीय बसको प्रोत्साहन गर्ने गरी कार्य क्रम ल्याउनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, ‘विद्युत् प्राधिकरणले ऊर्जाको खपत बढाउन भनिरहँदा विद्युतीय बस प्रोत्साहन गर्ने लक्ष्य सरकारले राख्नुपर्छ ।’

तीन सय बस खरिद प्रक्रिया अघि बढेन : सरकारले साझा यातायातमार्फत खरिद गर्ने भनिएका तीन सय बसको प्रक्रिया अघि बढ्न सकेको छैन । मन्त्रालयले गएको असारमा नै विद्युतीय बस खरिदका लागि सहकारीको तीन अर्ब रुपैयाँको शेयर खरीद गरे पनि अपेक्षाकृत रुपमा प्रक्रिया अघि नबढेको मन्त्रालयले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझा यातायातसँग बस खरिद प्रक्रियामा भइरहेको ढिलाइका बारेमा सोधपुछ गरेको प्रवक्ता राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो । विद्युतीय बस खरीदकै लागि तीनै तहका सरकारले सहकारीको शेयर खरिद गरेका थिए । नेपाल सरकारले तीन अर्ब रुपैयाँ, प्रदेश नं ३ सरकारले ३० करोड रुपैयाँ, काठमाण्डौ महानगरपालिकाले १० करोड रुपैयाँ र ललितपुर महानगरपालिकाले २ करोड ५० लाख रुपैयाँको शेयर खरिद गरेका थिए ।