दशैकै बेला दाजुभाईकै निधन, डुब्यो सोकमा परिवार

पोखरामा आज भएको सडक दुर्घटनामा परी दुई जनाको निधन भएको छ । पोखरा–२६ सुन्दरी बजारमा जीप र स्कुटर एकापसमा ठक्कर खाँदा पोखरा–२७ आदर्शचोक बस्ने स्कुटर चालक वर्ष २५ का हिमाल गुरुङ र पछाडि बसेका सोही स्थानका २३ वर्षीय रक्ष गुरुङको निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिनुभयो ।

तालचोकबाट विजयपुर आउँदै गरेको ग२च ९९५० नम्बरको बोलेरो जीप र विपरीत दिशातर्फ जाँदै गरेको ग१५प ४३८० नंको स्कुटर ठोकिएका थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृ त घोषणा गरेको प्रहरीको भनाइ छ । घटनालगत्तै जीप र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।