नेपाल आयरल्यान्डसँग १३ रनले पराजित

काठमाडौं– पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट शृंखलामा नेपाल आयरल्याणन्डसँग १३ रनले पराजित हुन पुगेको छ। पहिले ब्याटिङ गर्दै नेपाललाई आएरल्यान्डले १४६ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रेको नेपाल १९ ओभर ५ बलमा जम्मा १३२ रन जोडेर अलआउट भयो।
सुरुवात राम्रै रहेपनि मध्येक्रमको ब्याटिङलाइन नचल्दा नेपालले खेल गुमाएको हो। एक सय रनमा बनाउँदा जम्मा तीन विकेट गुमाएको थियो तर त्यसपछि लगातार विकेट पतन भयो। नेपालले ११६ रन पुर्याउँदा आठ विकेट झरिसकेको थियो।

क्याप्टन पारस खड्काले इशान पाण्डेबीच २५ रनको साझेदारी गरे। उनले १४ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए ।त्यसपछि इसान पाण्डे र आरिफ शेखविच दोस्रो विकेटका लागि ३८ रनको साझेदारी भयो । तर इशान २२ रनमा आउट भएपछि नेपालले ७३ रनमा दोस्रो विकेट गुमायो । नेपालको स्कोर एक सय रन हुँदा उपकप्तान दिपेन्द्रसिंह ऐरी २० बलमा १९ रन बनाएर पेभेलियन फर्किए।

विनोद भण्डारी एक रन जोडेर आएट भए भने आरिफ शेख २६ रनमा विकेट किपरको हातबाट क्याच आउट भए। सोमपाल कामी जम्मा ६ रन जोडेर पेभेलियन फर्किए। सन्दिप जोरा र सन्दिप लामिछानेको ब्याट चल्न जोरा दुई रनमा र लामिछाने मात्र एक रनमा आउट भए।अन्तिम ओभरमा नेपाललाई जितका लागि २५ रन चाहिएको थियो। जसमा करण केसीले पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गरे। तेस्रो बलमा उनी क्याचआउट भएपछि नेपालको जित्ने सम्भावना सकिएको थियो। आएरल्यान्ड ६ अंकसहित शिर्ष स्थानमा उक्लेको छ भने नेपाल ४ अंकसहित तेस्रो नम्बरमा छ।