भारतको नयाँ नक्शा प्रति वि’रोध जनाउदै तेह्रथुमका विद्यार्थीहरुले पनि निकाले वि’रोध र्‍या’ली

कार्तिक, २२ तेह्रथुम । भा’रतले सार्वजनिक गरेको नयाँ नक्शामा नेपालको कालापानी क्षेत्र आफ्ने भू-भागभित्र राखेपछि नेपालमा यसको वि’रोध भई रहेको छ । यसै क्रममा आज तेह्रथुमका विद्यार्थीहरुले पनि यसको बि’रोध जनाएका स्वरुप ¥याली निकालेका छन् । प्रदर्शनका क्रममा विद्यार्थीहरुले भारत बि’रोधी प्ले कार्डको सार्थमा च’र्को ना’रा समेत लगाएका थिए ।

सदरमुकाम म्याङलुङ बजारमा रहेको अरनिको र्बोिर्डङ स्कुलको अगुवाईमा निकालिएको बि’रोध र्यालीले बजार परिक्रमा गर्दै शिक्षक र सरोकार वालाहरुले भारतको चर्को बि’रोध जनाएका छन् । केही दिन अघि भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई स’मेत राखिएको छ । सरकारले आधिकारिक रुपमा नक्शालाई न’मान्ने अभिव्यक्ति दिएको छ ।

यता, प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार भारतले आफ्नो नक्सामा राखेको कालापानी र लिपुलेकबारे छलफल गर्नका लागि शनिबार (भोलि)४ बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उक्त बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरुलाई बोलाइएको छ ।