भारतमा कोरोनाका कारण १३ हजार भन्दा बढी संक्रमित, ४ सय ३७ को मृत्यु

काठमाडौं : भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४३७ पुगेको छ। तीव्र रुपमा फैलिदै गएको कोारोका कारण भारतमा १३ हजार ३८७ जनामा संक्रमण देखिएको छ। जसमध्ये १ हजार ७४९ जना निको भइसकेका छन् ।

कोरोनाको प्रभाव महाराष्ट्रमा सबैभन्दा धेरै परेको छ। त्यहाँ ३ हजार २०५ मा संक्रमण देखिएको छ। १९४ जनाको मृत्यु भइसकेको छ। दिल्लीमा १ हजार ६४० जनामा संक्रमण भएको छ भने ३८ जनाको मृत्यु भइसकेको छ। तमिलनाडुमा १ हजार २६७ मा संक्रमण देखिएको छ।