भोलि सार्वजनिक बिदा

भक्तपुर । कार्तिक २२ गते चाँगुनारायण नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ । हरिबोधनी एकादशीको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने भएको हो । नगरपालिकाले गत वर्ष पनि सोही दिन बिदा दिएको थियो । सोही बिदालाई यो वर्ष पनि निरन्तरता स्वरुप २२ गते बिदा दिएको नगरपालिकाले जानकारी दिएको छ ।

आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्थालगायतलाई एकादशीको दिन सार्वजनिक बिदा रहेको चाँगुनारायण नगरपालिकाले जनाएको हो । यस्तै, सिन्धुलीकाे दुधौली नगरपालिकाले पनि सार्वजनिक बिदा घोषणा गरेको छ । नगरपालिकाले स्थानीय बासिन्दालाई पर्वमा सहभागी हुन अपिल गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।