मा*नसिक स*न्तु*लन गुमा*एको मा*निसको उद्धा*र ग*र्दै स*रकार

विराटनगर २५, कार्तिक । प्रदेश नं. १ सरकारले प्रदेश भरिका मानसिक सन्तुलन गुमाएका महिलहरुको उद्धार कार्य सुरु गरे संगै मानसिक सन्तुलन गुमाएका पुरुषहरुलाई पनि उद्धार कार्यथालेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशमा मानसिक सन्तुलन गुमाएका मानसिक रोगीहरुलाई प्रदेश सरकारको निति तथा कार्यक्रमा समावेस गरे अनुसार उद्धार कार्य थालेको जानकारी दिनु भयो । मन्त्री घिमिरेले मोरङको रतुवामाई नगरपालिका दाम्राभिट्टा ८ का मानसिक सन्तुलन गुमाएका ४६ बर्षीय दिनेश तिमसिनालाई उद्धार गर्नु भएको छ ।

मन्त्री घिमिरेले १ नम्बर प्रदेशलाई सडक मानवयुक्त प्रदेश वनाउने योजनाका साथ मानसिक सन्तुलन गुमाएकाहरुको उद्धार कार्य थालेकोे बताउनुभयो । उहाँले यस अघिनै मानसिक सन्तुलन गुमाएका महिलाहरुलाई उद्धार गर्नुभएको थियो भने कार्तिक २४ गते देखी पुरुषहरुको पनि उद्धार कार्य थालनी गर्नु भएको छ ।

प्रदेश सरकारको योजना अनुसार पहिलो चरणमा मानसिक सन्तुलन गुमाएका महिला र पुरुषहरुको उद्दार गर्ने र दोश्रो चरणमा सडक बालवालिकाहरु र सडकमा मागेर वस्ने मानिसहरुको पनि उद्धार गर्ने योजना रहेको मन्त्री घिमीरेले जानकारी दिनु भयो । उहाँले कुनै पनि वाहानामा सडकमा मानिसलाई बस्न नदिने अभियान प्रदेश सरकारको रहेको बताउनु भयो । उद्धार गरिएका मानसिक सन्तुलन गुमाएकाहरुलाई विराटनगरमा स्थापना गरिएको मानव सेवा आश्रममा राखिएको छ । मन्त्री घिमिरेले मानसिक रोगीहरुलाई सडकमा हिड्न नदिने, प्रदेश एकमा उपचार नपाएर छटपटाई रहेका मानिसहरुको उद्धार गर्ने योजना रहेको बताउनु भयो ।