यूएईमा थप दुई नेपालीमा कोरोना भाइरस संक्रमण

काठमाडौं, १९चैत । संयुक्त अरब इमिरेट्स (यूएई)मा थप दुईजना नेपालीमा कोरोना भाईरस संक्रमण भएको भेटिएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा जम्मा ५३ जना कामदारलाइ कोरोना भाइरसको संक्रमण भेटिएको जनाएको छ ।

यसअघि ६ नेपाली कामदामा कोरोना भाइरस संक्रमित भेटिएका थिए । मंगलबार अन्य दुईजाना संक्रमित भेटिएसँगै यूएईमा कोरोना संक्रमित नेपालीको संख्या संख्या आठ पुगेको छ ।

संक्रमित ५३ बिदेशि कामदार मध्ये ३१ जना भारतीय, आठ नेपाली र बाँकी अन्य मुलुकका कामदार रहेको बताइएको छ । यूईमा कोरोना भाइरस संक्रमितको संख्या जम्मा ६६४ पुगेको छ । संक्रमित सबैको उपचार यूएई सरकारले गर्ने पत्रकार सम्मेलनमा जनाइएको छ । कोरोना भाइरसका कारण यूएईमा ६ जनाले ज्यान गुमाइसकेका छन् ।