श्रीमानले दिए रोशनीलाई डिभोर्स

काठमाडौं। सभामूख कृष्णबहादुर महराले अनैतिक सम्बन्ध राखेको आरोप लागेकी रोशनी शाहीलाई उनका श्रीमान चित्रजंग शाहीले डिभोर्स दिएका छन्। रोशनीका श्रीमानले सामाजिक सञ्जालमार्फत् उक्त जानकारी गराएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘हामी २८ वर्षसम्म सँगसँगै बितायौं र समयको गतिसँगै अलग हुने निर्णयमा पुगेका छौं। शुभेच्छुकहरुमा धन्यवाद।’ यस्तो छ श्रीमानको स्टाटस।