सनसिटीमा गरिएको र्‍यापिड टेष्टमा सबैको रिपोर्ट नेगेटिभ

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा आज गरिएको र्‍यापिड टेष्टमा सबै जनाको रिपोर्ट कोरोना नेभेटिभ आएको छ । बुधबार बिहान ९ बजेदेखि स्वास्थ्य मन्त्रायलबाट खटिएको टोलीले अपार्टमेन्टको ब्लक एमा रहेका सबैको परीक्षण गरेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

संक्रमित २ जनाको घरमा काम गर्ने दुई युवाको रिपोर्ट पनि नेगेटिभ आएको छ । मंगलबार उक्त अपार्टमेन्टमा बस्दै आएका २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।