सोनाम बा्ण्डको शोरुम भरतपुरमा

विदेशी उत्पादन सरह नै नेपालमा उत्पादन भएको सामाग्रीको परिचय बनाएको सोनाम गियर्सले भरतपुरमा आफनो शाखा विस्तार गरेको छ । नेपालीहरु माझ परिचित भईसकेको सोनामले भरतपुरको सिजी ल्याण्डमार्कमा स्वदेशी कपडा तथा जुत्ता उत्पादनको शोरुमको औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

आईतबार एक समारोहका वीच शोरुमको उद्धघाटन बा्रण्ड एम्ेबसडर तथा संचारकर्मी रवि लामिछानेले शोरुको उद्धाटन गर्नु भएको हो । उद्धघाटनपछि बोल्दै लामिछानेले स्वदेशी उत्पादनलाई प्रयोग गरी प्रर्वद्धन गर्नुपर्नेमा जोड दिदै नेपालीहरु माझ लैजान विदेशी उत्पादन सरह उत्पादनलाई निरन्तरता दिनु पर्ने बताउनु भयो ।

भरतपुरमा प्रभु गार्मेन्टस प्रालि सञ्चालनमा ल्याएको यस शोरुममा सोनाम बा्रण्डका महिला र पुरुष , बालबालिकाको लागि टिसर्ट, पेन्ट, जुत्ता, ज्याकेट, पञ्जा, स्वेटर लगायतका कपडाहरु राखिएका छन । उद्धाटन कार्यक्रममा सोनाम गियरर्स प्रालिका प्रबन्धक अमित लामाले अन्तराष्ट्रिय गुणस्तरका सामान स्वदेशमै उपलब्ध गराउने उद्धेश्यले कम्पनी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । सुपथ मुल्यमा अन्तराष्ट्रिय गुणस्तरको कपडा सहज रुपमा उपलब्ध होस भन्ने उद्धेश्यले देशभर यस बा्रण्डका शाखाहरु विस्तार गर्न लागिएको उहाँले बताउनु भयो ।

कम्पनीले काठमाडौंमा १० शाखा , पोखरामा २ शाखा र चितवनमा पहिलो शाखाको सञ्चालनमा ल्याएको हो । पछिल्लो समय यस बा्रण्डप्रति ग्राहकको आकर्षण बढेकोले भरतपुरमा शाखा खोलिएको प्रभु गार्मेन्टसका सञ्चालक गणेश श्रेष्ठले बताउनु भयो । शोरुमले चाडबाडलाई लक्षित गरी सोनामका उत्पादनमा ३० देखि ७० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ ।