भारतमा नेपाली युवती रञ्जनाको ह’ त्या

दाइजो नल्याएकाे भन्दै नेपाल माइती भएकी युवतीको भारतीय सीमावर्ती बजार जोगबनीमा ह’ त्या भएको छ ।विवाहमा कबाेलेको २ लाख रुपैयाँ नदिएको भन्दै विराटनगर महानगरपालिका–११ पिछरा माइती भएकी २२ वर्षीय रञ्जना सहनी (बहरदारं)को ह’त्या भएको हो । भारत अररिया जिल्लाको जोगवनीस्थित ३ किलोमिटर दक्षिण भवानी पुरस्थित ‘परमान’ खोलामा हातखुट्टा बाँधेर फालेको अवस्थामा रञ्जनाकाे श’ व फेला परेको जोगवनी प्रहरीले जनाएको छ ।

मृ’तकको अनुहार र शरीरमा चोट लागेकाले ह’ त्या गरी खोलामा फालेको प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ।जोगवनी प्रहरीले हत्या आरोपमा सहनीका श्रीमान भारतीय नागरिक जोगवनी भेडयारीका २५ वर्षीय भीम बहरदार सहनीसहित चार जनालाई शुक्रबार प’क्राउ गरेको छ ।प’क्राउ पर्नेमा सैनी बहरदार, अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखिया छन् ।

सहनीकाे गत फागुनमा जोगवनी भीम बहरदारसँग विवाह भएको थियो । बिहेपछि ससुरालीले कबाेलेको २ लाख रुपैयाँ नदिएको भन्दै रञ्जनालाई कु’टपिट गर्दै आएको माइती पक्षले बताएका छन् । रञ्जना आफ्नो घरबाट गत शुक्रबारदेखि हराएकी थिइन ।

-नयाँ पत्रिकाबाट