५ जना विद्यार्थीको हात भाँचिने गरी कुट्ने शिक्षिका प्रक्राउ

जेठ २१ -“गुरु ब्रह्मा , गुरु विष्णु , गुरु देवो महेश्वरा , गुरु साक्षात पारब्रह्म , तस्मे श्री गुरु देव नमः” यही भनाईलाई मानेर नै सबैले गुरुलाई भगवान मान्छन् तर तीनै गुरुको व्यवहार कहिलेकाही दानव जस्तो भईदिँदा विद्यार्थीहरु मारमा पर्दै आएका छन् । अशिक्षाको अन्धकारबाट उज्यालोमा ल्याउने काम गर्ने तीनै शिक्षकको कुटाईबाट विद्यार्थीहरु अंगभंग हुनु पर्दा कस्तो होला । हिजोमात्र रोल्पामा शिक्षिकाको कुटाईबाट ५ विद्यार्थीको हात मात्र भाँचिएन अन्य १४ जना पनि घाईते भएको खबर बाहिरियो । रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकीशिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि कुटपिट गरेकी थिईन् । उक्त घटना सार्वजनिक भएपछि अर्काे बिरोध भयो । विद्यालय ढिलो आएको भन्दै कुट्ने शिक्षिका भने प्रक्राउ परेकीछिन्।

इलाका प्रहरी कार्यालय होलेरीबाट गएको प्रहरी टोलीले शिक्षिका पुनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो । उनलाई पीडित पक्षले दिएको जाहेरीका आधारमा कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले बताएको छ ।शिक्षिकालाई इलाका प्रहरी कार्यालय होलेरीमा राखिएको छ । शिक्षिका पक्राउ परेसंगै पीडित बालबालिकाका अभिभावकलाई पनि तत्काल ईप्रकामा बोलाइएको होलेरी प्रहरीले निवेदन लेख्न भनेपनि आफूहरुले लेख्न नजानेको एक अभिभावकले बताए । उपचार खर्च १८ हजार दिने सहमतिमा घटना मिलाएपनि पैसा नदिएपछि घटना सार्वजनिक भएको हो । जेठ १२ गते निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी पुनले निजी स्रोतमा कक्षा १ देखि पाँच सम्म पढाउदै आएकी छिन् । उनले यसअघि पनि विद्यार्थीहरुलाई यसरी नै पिट्ने गरेको घाईते विद्यार्थीहरुले बताएका छन् ।

शिक्षिकाको यातनाका बारेमा अभिभावकलाई बताउन चाहे पनि फेरी कुटाई खाने डरले उनीहरुले बताएका थिएनन् । शिक्षिकको कुटाईबाट यसअघि पनि एक जना बिद्यार्थीको कान फुटेको र अहिले कानै नसुन्ने भएको समेत विद्यार्थीले बताए। यता शिक्षिका पुनको कुटाईबाट विद्यालयमा रुवावासी चलेपछि हेर्न नसकेर आफू अफिस भित्र प्रवेश गरेको र छुटाउदा आफैले पनि कुटाई खाइने डरले नजिक जान नसकेको अन्य शिक्षकहरुले बतँएका छन् । शिक्षिकाको कुटाईबाट हात भाचिएकाहरु भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोका रहेका छन् ।