अग्रीमपोस्ट | हास्यकलाकार तथा कमेडियन विल्सन बिक्रम राइ तक्मे बुढालाई पुत्रीलाभ भएको छ उनको दोस्रो सन्तानको रुपमा उनलाई पुत्री लाभ भएको हो ।
राईले छोरी जन्मिएको जानकारी गराउँदै उनको नाम सभ्यता विक्रम राई रहेको समेत जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै उनले छोरी बोकेको तस्बिर समेत सार्वजनिक गरेका छन् । २०७६ सालको माघ १५ गते पहिलो सन्तानका अभिभावक बनेका राई दम्पतीको त्यसको करिब दुई वर्ष पछि पुन: अर्को सन्तान जन्मिएको हो ।
पुत्रीको जन्मपछी विल्सन सामाजिक संजालमा लेख्छन्ः
🙏🙏 आज हाम्रो परिवार को नयाँ सदस्य को शुभ आगमन भो मलाई छोरीको बाबु र मेरो जिवनसाथी #सरिना_लामा लाई छोरीको #आमा बन्ने सौभाग्य प्राप्त भो औधी भाग्यमानी ठानेको छु 😍😍 मेरो छोरी #सभ्यता_बि_राई स्वागत शुभ आशिर्वाद #Babygirl 😍😍💐💐