• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

को संग डरायो सरकार ? २४ घण्टा नबित्दै फेरियो क्वारेन्टिनमा बस्नु पर्ने नियम

ByAgrim Post

Dec 19, 2021

केहि दिन यता ६७ देशबाट आउने बिदेशी पर्यटक तथा नेपालीहरुले ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम सरकारले जारि गरेको थियो भने अहिले त्यो नियम उल्टेको छ  ।

होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो। शनिबार जारी गरिएको सूचनामा भनिएको छ, ‘अध्यागमन विभागले १७ डिसेम्बर २०२१ मा प्रकाशित गरेको यात्रा प्रतिबन्ध (७ दिन अनिवार्य होटल क्वारेन्टिन) सम्बन्धी जानकारी अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ।

यसअघि सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचनाहरू यथावत रहनेछन्।’

विभागले शुक्रबार बेलुका विज्ञप्ति जारी गर्दै अमेरिका, युरोपका देशहरु, मलेसियासहित ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने उल्लेख गरेको थियो। देश सञ्चारमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *