• Fri. Dec 8th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

एमसिसि पास गराएपछि खनालको नेतृत्वमा नयाँ पार्टी दर्ता हुँदै ?

ByAgrim Post

Mar 3, 2022

काठमाण्डौँ, १९ फागुन । पार्टि भित्रको बिबाद सतहमा आएसँगै माधब नेपाल नेतृत्वको नेकपा समाजबादि पार्टी फुटको संघारमा पुगेको छ । एमसीसीमाथिको व्याख्यात्मक टिप्पणीसहित संसदबाट पास भएसँगै एकीकृत समाजवादीका नेता झलनाथ खनालले छुट्टै पार्टी गठनको तयारी अगाडि बढाएका छन् । उनले ब्याख्यात्मक टिप्पणीप्रति असहमति जनाउँदै आएका छन्।

ब्याख्यात्मक टिप्पणीलाई नेपाली जनतालाई थाङ्नामा सुताउने झुटको पुलिन्दा भएको संज्ञा दिँदै उनले आफ्नै पार्टी नेकपा एकीकृत समाजवादीलेसमेत घात गरेको निष्कर्षसहित नयाँ पार्टी गठनको तयारी गरेका हुन् ।

तत्कालीन नेकपाका उपाध्यक्षसमेत रहेका बामदेव गौतम पनि एमसीसी पारित गर्ने निर्णयको बिपक्षमा रहेका छन्। उनले बारम्बार विज्ञप्तिमार्फत एमसीसी फिर्ता लैजान अमेरिकालाई आग्रह गर्दै आएका थिए।

एमालेका नेता भिम रावल एमसीसीका कट्टर बिरोधीका रुपमा परिचित छन्। उनलाई अध्यक्ष केपी शर्मा ओलीले एमसीसी र पार्टी हित बिपरितका गतिबिधि गर्दै हिरो बन्न खोजेको आरोप लगाएका छन्। अब नेपालको राजनीतिमा एमसीसी बिरोधीहरुको नयाँ शक्ति बन्ने संभावना प्रवल रहेको राजनीतिक विश्लेषकहरु बताउँछन्।

स्रोतका अनुसार झलनाथ खनालको नेतृत्वमा बन्ने नयाँ पार्टीमा वामदेव गौतम, भीम रावल, घनश्याम भुसाललगायत नेताहरु रहनेछन् । खनाल नेतृत्वको नयाँ पार्टीको वरिष्ठ नेतामा वामदेव गौतम, वरिष्ठ उपाध्यक्षमा भीम रावल । महासचिवमा घनश्याम भुसालको चर्चा रहेको छ ।

यस्तै एकीकृत समाजवादीमा रहेका एमसीसी विरोधी नेताहरु पनि नयाँ पार्टीमा सामेल हुनेछन् । नेकपा एमालेमा रहेका अधिकांस एमसीसी विरोधी नेताहरुलाई लिएर नयाँ पार्टी दर्ताको तयारी भएको बुझिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *