• Fri. Sep 29th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

एमसिसी पारित गरेकोमा प्रचण्ड र माधव नेपालले गरे प्रधानमन्त्रीको प्रशंसा

Bydeep

Mar 3, 2022

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्न नेतृत्व गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा गरेका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा प्रचण्ड र नेपालसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईले समेत प्रधानमन्त्री देउवाको प्रशंसा गरेका थिए।

‘चारै जनाले प्रधानमन्त्री देउवाले एमसिसी पारित गर्ने क्रममा परिपक्व भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो। प्रधानमन्त्रीले सुझबुझपूर्ण ढंगले काम गरेको भनेर समेत भन्नुभयो,’ स्रोतले भन्यो,’जवाफमा प्रधानमन्त्री देउवाले अमेरिकाले अझै आर्थिक सहयोग गर्ने आश्वासन दिएको बताउनुभयो। अमेरिकी दातृ निकायमार्फत् अन्य बजेट पनि आउँछ भनेर भन्नुभएको छ।’

प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन निर्वाचनसम्मै जाने समेत बताएको स्रोतको दाबी छ। देउवाले वर्तमान गठबन्धन चुनाव र त्यसपछि गठन हुने सरकारसम्मै रहने बताएका थिए। बैठकमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसिसी पारित भएकोमा विरोध गरेका थिए। उनीहरूले यसले नेपालको राष्ट्रियतामा असर पर्नसक्ने समेत चेतावनी दिएका थिए।

एमसिसी पारित गर्ने क्रममा भएको व्याख्यात्मक घोषणाको अर्थ नहुने भन्दै उनीहरूले यसलाई अमेरिकाले समेत नस्वीकारेको बताएका थिए। अमेरिकाले १२ बुँदे घोषणा नस्वीकारेको अवस्थामा एमसिसी खारेज हुनुपर्छ भनेर आवाज उठाउनुको सट्टा उल्टै एमसिसी पारित गरिएको भनेर धन्यवाद दिएको उनीहरूको आरोप थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *