काठमाडौं । एमसीसी सम्झौता पारित भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायत विभिन्न पार्टीले संघर्ष अगाडि बढाउने भएका छन्। घोषित कार्यक्रम अनुसार भोली फागुन २० गते काठमाडौंको खुलामञ्चमा विशाल जनसभा आयोजना गरिएको छ। सो कार्यक्रममा एमसीसी लगायतको समसामयीक राजनीतिक विषयमा विभिन्न वक्ताहरुले आफ्नो धारणा राख्ने बताईएको छ।
विरोधसभालाई नेकपा महासचिव विप्लव, नेकपा (एकिकृत समाजवादी)का बरिष्ठ नेता झलनाथ खनाल, नेकपा एमालेका नेता डा.भिम रावल, नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह, नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन बैद्य ‘किरण’, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर कार्की, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषी कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वप्रेम दुलाल ‘आहुती’, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल लगायतले सम्बोधन गर्ने बताईएको छ। एमसीसी अनुमोदन भएको विरोधमा यसअघिदेखि नै आन्दोलित भएका ६ पार्टी र मोर्चाले शुक्रबार जनसभामा गर्न लागेका हुन।