• Sun. Dec 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

कैयो नेपालीहरु पलको पक्षमा उभिदा ‘पीडित’को पक्षमा उभिएका यी अभिनेत्रीहरू !

Bydeep

Mar 3, 2022

काठमाडौं- एक ना’बालिग गायिकाले ज,’बरजस्ती क,’रणी कसुरमा उजुरी दिएपछि अहिले अभिनेता पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँको न्या’यिक हिरासतमा छन् । पछिल्लो समय एक टेलिभिजन कार्यक्रममार्फत ‘रियल हिरो’ को उपाधिसमेत पाएका पललाई सात दिन हि’रासतमा राख्ने अदालतबाट अनुमति लिएर तनहुँ प्रहरीले अनुसन्धान जारी राखेको छ । यस प्रकरणमा सार्वजनिक गरिएका अडियोले सामाजिक सञ्जालमा पक्ष र विपक्षमा धारणा सार्वजनिक भइरहेका छन् ।

तर, कानुनी दायरामा पुगेको विषयमा ज’थाभावी बोलेर प्रहरी अनुसन्धानमा प्रभाव पार्न नहुने मत पनि सार्वजनिक भएका छन् ।तर, आफू प्रहरी नियन्त्रणमा पर्नुअघि आरोपी पलले सार्वजनिक गरेको अडियोका कारण नाबालिका ‘सा’इबर बु’लिङ’को शि’कार भइरहेकी भन्दै आवाज पनि उठिरहेको छ ।

ना’बालिकाले जा’हेरी दिएपछि सामाजिक सञ्जालमार्फत निकै आलोचनासमेत खेप्नु परेको छ । विशेषत फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमार्फत उनलाई भ’द्दा प्रतिक्रिया जनाउनेको कमी देखिँदैन । आफूलाई भएको दु,’र्व्यवहारको निन्दा गर्दै कानुनको सहयोग लिइरहेकी उक्त ना’बालिकाको सामाजिक सञ्जालमा चरित्र ह,’त्या भइरहँदा घटनाबारेमा मौनता साँध्ने पनि धेरै छन् ।

विशेषतः फिल्मसँग जोडिएको विधाअन्तर्गत पर्ने सेलिब्रेटीहरूले यसबारे आफ्नो धारणा राख्न सकेका छैनन् । मी’टू र जिरो टो’लरेन्सजस्ता अभियानमार्फत आफूलाई भएको अन्यायका वि’रुद्ध आवाज उठाउने केही अभिनेत्रीहरू समेत यी ना’बालिकाले जा’हेरी दिएपछि खेपिरहेको ‘सा’इबर बु’लिङ’मा मौन छन् ।

ना’बालिकाले जाहेरी दिएकै कारण ‘सा’इबर बु’लिङ’ को शि’कार हुनुपरेपछि मौनता साँ’धेको आरोप खे’पिरहेका केही अभिनेत्रीहरूले आफ्नो धारणा सार्वजनिक गर्न थालेका छन् ।मंगलबार बिहानै अभिनेत्री रेखा थापाले ना’बालिकालाई संरक्षण गर्नुपर्ने दायित्व समाजको भएको बताइन् ।

आफ्नो आधिकारिक फेसबुक पेजमा उनी लेख्छिन्, ‘समाजको दायित्व ना’बालिकालाई संरक्षण गर्नु हो । उनको को–कोसँग कस्ता सम्बन्ध थिए ? जस्ता तर्कहिन कुरा गरेर नैतिक मा’पदण्ड र हिलो छ्या’प्ने लज्जाजनक व्यवहार नदेखाउँ ।’अर्की अभिनेत्री ऋचा शर्माले पनि नाबालिकाको संरक्षण गर्ने जिम्मा राज्यको भएको र आफूहरू पनि राज्यको हि’स्सेदार भएकोले दायित्व पूरा गर्ने बताइन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ना’बालिगको करमै पनि शा’रीरिक सम्पर्क भएको छ भने त्यसलाई कानुनले ब,’लात्कार मान्ने र कानुनमा यो सम्बन्धी स्पष्ट व्यवस्था हुँदाहुँदै नाबालिगको विश्वास तो’ड्नेको पक्षमा समाज उभिने कल्पना पनि गर्न नसकिने बताएकी छिन् ।

अभिनेत्री सञ्चिता लुइँटेलले आ’पत्तिजनक भिडियोहरू भाइरल भइरहेको भन्दै चिन्ता व्यक्त गरेकी हुन् । यस्तो कार्यमा बालबालिकालाई पनि प्रयोग गर्नु अझै दुखद् भएको उनको भनाइ छ । कानुनले नि’रुपण गर्न बाँकी रहेको विषयमा कसैको व्यक्तिगत इज्जत–प्रतिष्ठामा आँच आउने र चरित्रहत्या गर्ने किसिमका पोस्टहरू बन्द गर्न सञ्चिताले सामाजिक सञ्जालमार्फत आह्वान गरेकी छन् ।

यसमा उनले प्रहरीको पनि ध्यानाकर्षण गराएकी छन् ।अर्की अभिनेत्री लक्ष्मी बर्देवाले पनि सामाजिक सञ्जालमार्फत नै कानुनविपरीत कार्य गर्दा सजाय भोग्नु पर्ने उल्लेख गरेकी छिन् । ‘हामीले बुझ्नु पर्छ, कानुनविपरीत क्रि’याकलाप गर्दा सजाय भोग्नु पर्छ । प्रवृत्तिमाथिको आवाजलाई व्यक्तिगत बनाउनु आफैँमा मुर्खता हो,’ लक्ष्मीले लेखेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *