• Thu. Nov 30th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

क्रिकेट टोलीको घोषणा: सोमपाल र विनोदको पुनरागमन, अरु कोको ? [सूचीसहित]

ByAgrim Post

Mar 3, 2022

नेपाल क्रिकेट संघ (क्यान)ले अभ्यास खेलका लागि श्रीलंका जाने १६ खेलाडीको सूची सार्वजनिक गरेको छ ।

यसै महिना संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको तयारी गर्न सन्दीप लामिछानेको कप्तानीमा १६ खेलाडी शनिबार श्रीलंका जाँदैछन् ।

नेपालले यूएईमा पपुवा न्युगिनी र घरेलु टोलीसँग त्रिदेशीय शृंखला खेल्नेछ । नेपालले गत महिना आइसीसी टी–२० विश्वकप क्रिकेटको छनोट खेलेको थियो ।

नेपाली टोलीः
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *