• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

चर्चामा रुसी राष्ट्रपति पुटिनकी ‘गर्लफ्रेण्ड’

Bydeep

Mar 3, 2022

काठमाडौ । रुस र युक्रेनबीचको युद्ध संसारभरी चासोको विषय बनेको छ । योसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी ‘गर्लफ्रेण्ड’ पनि खुबै चर्चामा छिन् । बेलायती मिडियाले रुसी राष्ट्रपतिकी गर्लफ्रेण्डका विषयमा रिपोर्ट प्रकाशित गरेको छ । निजी जीवनमा पुटिन निकै रोमान्टिक भएको बताइन्छ । करिब १ दशकदेखि उनको नाम एलिना कबाएवासँग जोडिने गरेको छ। एलिना जिम्नास्टिक खेलाडी हुन् । ३८ वर्षकी एलिनाले ओलम्पिकमा स्वर्ण पदक जितिसकेकी छिन् ।

एलिनाको बयानले समेत दुईको सम्बन्ध रहेको स्पष्ट हुन आएको छ । यतिमात्र हैन उनीहरुले इंगेजमेन्ट र बिहे गरेको दावी छ । एलिना राष्ट्रपति पुटिनका जुम्ल्याहा सन्तानकी आमा समेत भएको दावी गरिन्छ । २००८ मा एलिनाको नाम पहिलो पटक राष्ट्रपति पुटिनसँग जोडिएको थियो ।

मिडिया टाइकुन र केजीबीका पूर्व जासुस अलेक्जेण्डर लेभेदेवले मस्कोबाट प्रकाशित हुने एक अखबारमा दावी गरेका थिए । २०१३ मा पुटिनले आफ्नी पत्नी ल्युडमिलासँग सम्बनधविच्छेद गरेका थिए । त्यतिबेला एलिनाले आफूलाई राष्ट्रपति पुटिनकी पार्टनर भनिएको दावी गलत भएको बताएकी थिइन् । तर, एलिनाको सफाइले यी दुईको सम्बन्धका बारेमा चलिरहेका हल्लामा विराम लागेन । उनीहरुले इंगेजमेन्ट र बिहे गरेको दावी गर्न थालियो ।

putin girlfriend

२०१६ मा पहिलो पटक एलिना सार्वजनिक रुपमा औंठी लगाएकी देखिइन् । त्यतिबेला उनले औंठीलाई क्यामेराबाट लुकाउँदै गरेको पनि देखियो । त्यतिबेला उनले आफ्नो बच्चासहितको पेटको आकार लुकाउनका लागि यस्तो खुल्ला कपडा लगाएको दावी गरिएको थियो । पुटिनसँगबाट एलिनाका बच्चा पनि भएको मानिन्छ । २०१७ मा उनी गर्भवती भएको हल्ला चलेको थियो । खासमा त्यतिबेला उनी एक जिम्नास्टिक प्रतियोगितामा भाग लिन गएकी थिइन् ।

यो कार्यक्रममा उनी खुकुलो पहिरनमा देखिएकी थिइन् । त्यतिबेला उनले आफ्नो बच्चासहितको पेटको आकार लुकाउनका लागि यस्तो खुल्ला कपडा लगाएको दावी गरिएको थियो । पुटिन र एलिनाका बच्चाका विषयमा चर्चा त्यतिबेला सुरु भयो जब दुईका एकसाथ भएका तस्वीर सार्वजनिक हुन थाले । तर, रुसी राष्ट्रपतिले आफ्नो परिवार र निजी जीवनका कुराहरुलाई सधैं गोप्य नै राखेका छन् । उनका पूर्वपत्नीबाट जन्मिएका छोराछोरीको बारेमा पनि सार्वजनिक रुपमा धेरै जानकारी छैन ।

१७ वर्षको उमेरमा एलिनाले रिदमिक जिम्नास्टिकमा कास्य पदक जितिन् । ४ वर्षपछि २००४ मा एथेन्स ओलम्पिकमा उनले स्वर्ण पदक जितिन् । त्यही बेला पुटिनको नजरमा उनी परेको बताइन्छ । एलिना रुसकी नेता, मिडिया म्यानेजर र अवकाशप्राप्त रिदमिक जिम्नास्ट हुन् । एलिनाको जन्म उज्वेकिस्तानमा भएको थियो । उनको जन्म हुँदा उज्वेकिस्तान सोभियत संघमै थियो । १२ मे १९८३ मा एलिनाको जन्म भएको थियो ।

आफ्ना पिताजस्तै एलिना पनि खेलकुदमा करिअर बनाउन अगाडि बढिन् । उनको खेलकुदको यात्रा ३ वर्षको उमेरमै सुरु भएको थियो । किशोरी हुँदासम्म एलिनालाई रिदमिक जिम्नास्टिकको उदाउँदी ताराको रुपमा हेर्न थालिसकिएको थियो । सन् २००० मा सिड्नीको ओलम्पिकमा १७ वर्षको उमेरमा एलिनाले रिदमिक जिम्नास्टिकमा कास्य पदक जितिन् । ४ वर्षपछि २००४ मा एथेन्स ओलम्पिकमा उनले स्वर्ण पदक जितिन् । युनाइटेड रुस पार्टीबाट सांसद समेत बनिन् । त्यसपछि उनलाई नेशनल मिडिया ग्रुपको अध्यक्ष बनाइयो । नेशनल मिडिया ग्रुप रुसको सबेभन्दा ठूलो मिडिया कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *