• Fri. Dec 8th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

टाइम म्यागजिनले युक्रेनी राष्ट्रपतिलाई दियो ‘नायक’को संज्ञा

ByAgrim Post

Mar 3, 2022

काठमाडौं । प्रतिष्ठित टाइम म्यागजिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ‘युक्रेनको नायक’को संज्ञा दिएको छ । पत्रिकाले आज कभर पेजमा ‘भोलोदिमिर जेलेन्स्की एण्ड द हिरो अफ युक्रेन’ भनेर समाचार प्रकाशन गरेको छ । साथै पृष्ठभूमिमा युक्रेनको झण्डाको रंग पनि इंकित गरिएको छ।

पत्रिकाले कभरमा युक्रेनी भाषामा जेलेन्स्कीको भाषणको अंश पनि समावेश गरिएको छ जुन उनले भर्खरै युरोपेली संसदको विशेष सत्रमा बोलेका थिए।

उनले भनेका थिए, जीवनले मृत्युमाथि विजय हासिल गर्नेछ र उज्यालोले अन्धकारलाई जित्नेछ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार भिडिओमार्फत युरोपेली संसदको विशेष सत्रलाई सम्बोधन गर्दै आफ्नो देशमा जे भइरहेको छ त्यो दुःखद भएको बताए।

जेलेन्स्कीले भने, ‘हामीलाई कसैले तोड्न सक्दैन, किनकि हामी युक्रेनी हौं। हाम्रा सहरहरू अवरुद्ध भएपनि युक्रेनका जनता आफ्नो भूमि, आफ्नो स्वतन्त्रता र आफ्नो जीवनको लागि लडिरहेका छन्।’

जेलेन्स्कीले आफ्नो भाषण समाप्त गर्नासाथ युरोपेली संसदले उनलाई उभिएर अभिवादन समेत गरे ।

टाइम म्यागेजिनका अनुसार, युक्रेनमा आक्रमण सुरु भएपनि देश छोड्न अस्विकार गरेर युक्रेनी नेतृत्व र संसद कीएभमा रहने घोषणा गरेपछि जेलेन्स्कीले इतिहास नै रचेको दाबी गरिएको छ ।

यसैको फलस्वरूप अमेरिका र सहयोगीहरू देशहरु रुसविरुद्ध थप गम्भीर रहेर कारबाही गर्न अगाडि बढेका छन् ।-NepalPress

Leave a Reply

Your email address will not be published. Required fields are marked *