• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पतिले रक्सी पिएर कुट्दा पुनम पाण्डेको ब्रेन ह्यामरेज

Bydeep

Mar 3, 2022

काठमाडौं। कन्ट्रोभर्सी क्वीन पुनम पाण्डे अहिले कंगनाको जेलमा कैद छिन् । लकअप नामको यो शोमा उनले आफ्नो बिहेपछि भोगेका कुराहरु शेयर गरिन् । पुनमले पूर्वपति साम बाम्बेको कर्तुत सबैलाई बताएकी छिन् । उनले बाम्बेका कारण आफू ब्रेन ह्यामरेजको शिकार भएको पनि खुलासा गरेकी छिन् । पुनमका अनुसार बाम्बे निकै नियन्त्रण गर्न चाहने खालका थिए । उनलाई कुनै पनि कोठामा एक्लै बस्न अनुमति थिएन । घरमा आफ्नो फोन समेत प्रयोग गर्न दिँदैनथे ।

शोमा करणवीर वोहराले पुनमसँग के उनले सााच्चै साम बाम्बेलाई प्रेम गर्थिन् ? भनेर सोधेपछि पुनमले यस्तो खुलासा गरेकी हुन् । उनले साम बाम्बेको रक्सीको लतबारे बताइन् । पुनमले भनिन् ‘हो मैले साम बाम्बेसँग प्रेम गरेकी थिएँ । म अहिले पनि उनलाई घृणा गर्दिन । म केवल उनलाई मन पराउँदिन । कसैले पनि आफूसँग यस्तो होस् भन्ने चाहन्न । कुटाइ खान कसलाई मन पर्ला र ?’

पुनमले भनिन् ‘मेरो घर चार तले छ । निजी बगैंचा छ, निजी टेरेस छ । मसँग सबथोक छ । ठूलो घर छ । यदि म एउटा कोठामा हुन्थे मलाई त्यहाँ बस्न अनुमति थिएन । उनले मसँग सोध्थे कि तिमी किन त्यो कोठामा छौ ? उनी चाहन्थे म उनले चाहेको कोठामा बसुँ । मलाई आफ्नो फोन लिएर कतै जान अनुमति थिएन । आफ्नै घरमा मलाई मेरो फोन छुने अनुमति थिएन । मैले आफ्नो कुकुरलाई माया गर्थें र ऊसँग सुतें भने उनी मैले उनलाई भन्दा कुकुरलाई माया गरेको भन्थे ।’

उनले आफूलाई ब्रेन ह्यामरेज भएको बताउँदै कुटाइकै कारण यतो भएको हुन सक्ने बताइन् । उनले आफ्नो मस्तिस्कमा लागेको चोट अझै ठिक नभएको बताउँदै बाम्बेले त्यही ठाउँमा आफूलाई पटक पटक कुटेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *