• Fri. Sep 29th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

प्रचण्डले गद्दारी गरेको भन्दै माओवादी छोड्नेको देशैभर ओइरो

ByAgrim Post

Mar 3, 2022

माओवादी केन्द्रका वडा अध्यक्षद्धारा एमसिसिको पक्षमा माओवादी लागेको भन्दै राजीनामा दिएका छन् । कुश्मा नगरपालिका वडा न ८ चुवाका माओवादी केन्द्रका वडाअध्यक्ष हरीनारायण गिरीले माओवादी केन्द्रबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

सामाजिक सञ्जालमा माओवादी आन्दोलनमा लाग्नुको कारण खुलाउँदै उनले राष्ट्रघात गर्ने पाटीको पक्षमा लाग्न नसक्ने भन्दै पाटीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । गिरीले २०६१ साल चैत देखि माओवादी आन्दोलनमा लागेर अमेरिकी साम्रज्यवादवाको विरुद्ध आन्दोलन गरीरहेको उल्लेख गर्दै नेपाली नागरिकलाई दास बनाउने पाटीबाट आफू अलग रहेको घोषणा गरेका हुन् ।

माओवादी पाटीले युद्धकै बेला देखि अमेरिकी सामाज्य्रबाद भन्दै कार्यकर्तालाई आन्दोलनमा उतारे पनि अमेरिकाको अघि घुडा टेकेको अधिकांश कार्यकर्ताहरुको बुझाई रहेको छ ।

यस अघि माओवादीका प्रभावशाली नेता सृजनशिल कुँँवर, पाटीका जिल्ला सदस्य बलराम पौडेल, युवा कार्यकर्ताहरु सुवास रोक्का, पंकज पौडेल फलेवास वडा न ६ का वडा सचिव राजेन्द्र भुषाल लगाएतका दर्जन बढि कार्यकर्ताहरुले माओवादी पाटी परित्याग गरेको घोषणा गरेका हुन् ।

हिजो मात्रै नेपाली कांग्रेस पाटीले एमसिसिको पक्षमा मतदान गर्ने निर्णय गरेको भन्दै नेपाली कांग्रेसका मोदी गाउँपालिकाका उप सभापति पदका उमेदवार यज्ञ गौतम तथा तरुद दलका नेता डम्मर नेपाली, शान्ति गौतम र मैया गौतम सहितका दर्जन बढि कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *