• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

माओवादीबाट निर्वाचित जनप्रतिनिधिले छाडे पार्टी, एमाले प्रवेशको तयारी

ByAgrim Post

Mar 3, 2022

काठमाडौं । माओवादी केन्द्रबाट निर्वाचित एक जनप्रतिनिधिले पार्टी परित्याग गरेका छन् । प्रतिनिधिसभाबाट एमसीसी पास गर्न पार्टीले भूमिका खेलेको प्रति असन्तुष्टि जनाउँदै माओवादीबाट निर्वाचित जनप्रतिनिधिले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष बहादुरसिंह महराले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनी माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सम्मेलन प्रतिनिधि समेत हुन् ।

उनले एमसीसीजस्तो राष्ट्रघाती सम्झौता गर्न अध्यक्ष प्रचण्डले मुख्य भूमिका खेलेको आरोप लगाउँदै यसबाट आफूजस्तो इमान्दार कार्यकर्तालाई लज्जित बनाएको उल्लेख गरेका छन् ।

उनले अबका दिनमा राष्ट्रिय स्वाधीनताको पक्षमा निरन्तर अघि बढ्ने र त्यसको नेतृत्व गर्ने शक्तिसँग एकता, सहकार्य र ध्रुवीकरणको बाटोमा सरिक हुने प्रतिबद्धता पनि जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *