• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

माग्ने नै हो भने ७ वटा आविष्कार केन्द्रको लागि ७ अर्ब मागौ- महाबिर पुन

ByAgrim Post

Mar 3, 2022

काठमाडौं । नेपाली वैज्ञानिक तथा राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले नेपालमा आविष्कार केन्द्र तथा नवप्रवर्तन केन्द्र खोल्न विदेशीसँग नेताहरूले ऋण माग्नुपर्ने धारणा राखेका छन्।

अमेरिकी आर्थिक सहयोग सम्झौता एमसीसी पारित भएपछि उनले देशमा आविष्कार केन्द्र खोल्न पनि ऋण लिनुपर्ने फेसबुकमार्फत लेखेका छन्।

‘मर्नु परे पछि खुट्टा तानेरै मरौं न त। किन खुट्टा लुलो पारेर मर्ने’ उनले फेसबुकमा लेखेका छन्- नेपाली भएपछि नेपाली उखान मान्नु नै परो नि। लौ त, मागेर देश विकास गर्छौँ भन्ने साहसी नेता र विद्वान साथीहरुले माग्ने आँट गर्नु होस् त। बिकसित देशहरुले तल भने जस्तै आविष्कार र नबप्रबर्तन केन्द्रहरु खोल्न ७ अर्ब रुपैंया दिने रहेछ कि नदिने रहेछ। पाइने चान्स बढीमा १०५ होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *