• Sat. Sep 30th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

युक्रेनलाई अमेरिकाले दियो विमान खसाल्ने ‘स्टिङ्गर मिसाइल’

Bydeep

Mar 3, 2022

१९ फागुन, काठमाडौं । अमेरिकाले युक्रेनलाई विमान एवं क्षेप्यास्त्र खसाल्न सक्ने सयौं ‘स्टिङ्गर मिसाइल’ दिएको छ । अमेरिकाले युक्रेनलाई सयौं संख्या बराबरका स्टिङ्गर मिसाइल पठाएको संसदीय स्रोतलाई उद्धृत गर्दै एनबीसी समाचार माध्यमले जनाएको छ । सोमबार मात्रै दुई सयभन्दा बढी स्टिङ्गर मिसाइल पठाइएको पनि समाचारमा उल्लेख छ ।

गत हप्ता घोषणा गरिएको ३५ करोड डलर बराबरको घातक एवं गैर-घातक सहायता प्याकेजअन्तर्गत युक्रेनमा स्टिङ्गर मिसाइल पठाइएको हो । उक्त सहायता प्याकेजमा अमेरिकाले युक्रेनलाई ज्याभेलिन नामक एन्टी ट्याङ्क मिसाइलसहितका हातहतियार समेत उपलब्ध गराउने उल्लेख छ ।

रुससँग युद्ध जारी रहेका बेला अमेरिकाले युक्रेनलाई विमान एवं क्षेप्यास्त्रभेदी एन्टी ट्याङ्क मिसाइल पठाएको हो । अमेरिकामा बनेको उक्त मिसाइललाई काँधमै बोकेर एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिन्छ । साथै, यसलाई सडक वाहन एवं हेलिकप्टरबाट समेत प्रहार गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *