• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

३ दिदीबहिनी किरियापुत्री बसेको घरमा पुगेर कर्मकाण्ड गराउँदै पुरोहित

Bydeep

Mar 3, 2022

मोरङ जिल्लाको सुन्दरहरैचाका देवीप्रसाद दाहालले २०४० सालदेखि पुरोहितको काम गरिरहेका छन् । उनले पुरोहित काम गरेको ३८ वर्षसम्म नगरेको काम यसपालि गरिरहेका छन् । दाहालले छोरीहरू मात्रै राखेर काजकिरिया गराएका थिएनन् तर यतिबेला उनी ३ दिदीबहिनीलाई हिन्दूपरम्परा अनुसार आमाको काजकिरियाको कर्मकाण्ड गराइरहेका छन् ।

‘पहिला त छरछिमेकी तथा साथीभाइले केही भन्ने पो हुन् कि भन्ने लागेको थियो,’ उनले भने, ‘सामाजिक सञ्जाल फेसबूकमा छोरीहरूले मात्रै किरिया गरेको भन्ने देखेकाले आँट गरेर कर्म गराए । थेरै साथीभाइ तथा छरछिमेकले समेत प्रशंसा गरे ।’

सुन्दरहरैचा नगरपालिकामा ३ छोरीले आमाको काजकिरिया गरिरहेका छन् । ५५ वर्षीया आमा मनमाया खतिवडाको निधनपछि ३ जना दिदीबहिनी दीपा खतिवडा, सुनिता खतिवडा र सपना खतिवडा (सिलवाल) ले काजकिरिया गरिरहेका हुन् । ‘आमाले म मर्दा तिमीहरूले आफैं काजकिरिया गर्नु भनेर भन्नुभएको थियो,’ दीपाले भनिन्, ‘छोरा नहुँदा पनि किरिया रोकिँदैन रहेछ भन्ने हामीलाई पनि लाग्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *