• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

उपत्यकामा एकैदिन १६ सय ४३ जना सवारी चालकमाथि कारवाही

Bydeep

Mar 4, 2022

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन १ हजार ६४३ जना सवारी चालकमाथि कारवाही गरेको छ । बिहीबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ८३ जना, मदिरा पिएर सवारी साधन चलाउने ६६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५८ जना, र रातो बत्तीको उल्लङ्घन गर्ने ५१ जना रहेका छन् । यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ४८ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरूलाई पनि कारवाही गरिएको महाशाखाले जनाएको छ ।-न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *