• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

एमसीसी खारेज नभइन्जेलसम्म जनताले संघर्ष गर्नुपर्छ : चित्रबहादुर केसी

ByAgrim Post

Mar 4, 2022

काठमाडाैँ । राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी कुनै पनि हालतमा खारेज हुनुपर्ने बताएका छन् । शुक्रबार खुला मञ्चमा आयाेजित संयुक्त विराेध सभालाई सम्बाेधन गर्दै अध्यक्ष केसीले यस्ताे बताएका हुन् । ‘एमसीसी कुनै पनि हालतमा खारेज हुनुपर्छ,’ अध्यक्ष केसीले भनेका छन्, ‘एमसीसी जहिलेसम्म खारेज हुँदैन, तबसम्म जनताले यसकाे विरुद्धमा संघर्ष गर्नुपर्छ/गरिरहनुपर्छ ।’

अध्यक्ष केसीले नेपालका ठूला दलहरूबीच अमेरिकी आशीर्वाद कसले लिने भन्नेबारे प्रतिस्पर्धा चलिरहेकाे दाबी गरे । ‘एमसीसी मेराे दलले पारित गराएकाे हाे भनेर अमेरिकासामु भन्ने र आशीर्वाद लिएर त्यसैकाे आडमा राजनीति गर्नेहरूकाे ठूलै प्रतिस्पर्धा छ । ठूला दलहरू यही गरिरहेका छन् ।’

अध्यक्ष केसीले एमसीसी खारेज नभए नेपालकाे स्थिति इराक, सिरिया र अफगानिस्तानकाे जस्ताे हुने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *