• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

एमाले अध्यक्ष ओलीको ठोकुवा : गठबन्धन सरकार देश र जनताका लागि नभएको तथ्यबाटै प्रमाणित भइसक्यो

ByAgrim Post

Mar 4, 2022

दोलखा, फागुन २० । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार देश र जनताका लागि नभएको तथ्यबाटै प्रमाणित भइसकेको बताउनु भएको छ ।

दोलखाको शैलुङ्ग डाँडामा आज आयोजित शैलुङ्ग साहित्यिक–सांस्कृतिक महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले अहिलेको सरकार देश र जनताका लागि नभएर गठबन्धन जोगाउनकै लागि मात्र भएको बताउनुभयो । ‘अहिलेको सरकार विकासका लागि होइन,देश र जनताका लागि होइन, गठबन्धनको लागि मात्र हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले नेपाल गरिबको मुलुक भनेर होइन समृद्धितर्फक लम्किएको मुलुक भनेर चिनाउने काम आफू नेतृत्वको सरकारले गरेको तर बर्तमान सरकारले सो योजनालाई बिफल बनाउनतिर लागेको बताउनु भयो । उहाँले गठबन्धन सरकारले फेरि देशलाई संकटतर्फ धकेल्दै लगेको पनि बताउनुभयो । सरकार चलाउनेहरु ठिक नभएका कारण देशको अवस्था अस्तव्यस्त बनेको ओलीको भनाई थियो ।

देश र जनताका लागि काम गर्ने पार्टी नेकपा एमाले मात्रै हो भन्ने कुरा जनताले बुझेका बताउँदै उहाँले भन्नुभयो, ‘धेरै भोट कसलाई दिनुहुन्छ भनिरहँन र राजनीतिक कुरा गरिरहन आवश्यक छैन,एमाले देश र जनताको पार्टी हो भन्ने जनताले बुझिसकेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *