काठमाडौं-पल शाह प्रकरण यतिबेला गर्माएको छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरा सतमा छन् । उनी हिरा सतमा गएपछि कोही पलको पक्षमा छन् भने कोही पीडित बालिकाको पक्षमा छन् । प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुलेर बोल्न थालेका छन् । उनीहरुले यस बिषयमा गम्भीर हुन,नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आह्वान छन् ।
यसैबिच भिनेत्री तथा मोडल रियासा दाहालले पनि आफ्नो धारणा राखेकी छिन् । उनले पीडित पक्षलाई हौसला दिन जरुरी रहेको बताएकी छिन् । फेसबुकमार्फत उनले सामाजिक सञ्जालमा न्यायाधीश भएर आरोप प्रत्यारोप गर्न नहुने आशय व्यक्त गरेकी छिन् ।
‘अहिले भइ राखेको घटनामा कानुनी प्रक्रियामा पुगिसकेको सर्बबिदितै छ , कानुनी रुपमा पुगे पछि हामी सामाजिक संजालमा न्यायाधीश भएर एक अर्कालाई आरोप प्रत्यारोप भन्दापनि पीडित पक्षलाई अझै मजबुत हुनु को साथै जस्तो सुकै परिस्थिति पनि सामना गर्न हौसला दिनु जरुरी छ,’ उनले लेखेकी छिन् ।यस अघि नेता बाबुराम भट्टटराइले पनि बालिकाको पक्षमा बोलेका छन् ।