• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पल शाह प्रकरण : किशोरी नाबालक भएको प्रमाणीत, कन्याजाली पनि च्यातिएको डाक्टरी रिपोर्ट आयो

Bydeep

Mar 4, 2022

काठमाडौ । एक किशोरीले कर णी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएपछि पक्राउ परेका अभिनेता पल शाह विरुद्ध प्रहरीले प्रमाण जुटाउने काम थालेको छ । किशोरीले उजुरी दिएको ५ दिनपछि पक्राउ परेका पललाई हिरासतमा राखेर अनुसन्धान थाल्न अदालतले अनुमति दिएपछि पल अहिले ६ दिन देखि प्रहरी हिरासतमा छन् ।

प्रहरीले अहिले सम्म पल बिरुद्ध २ वटा प्रमाण फेला पारेको छ । जुन प्रमाण पल विरुद्ध छन् । पललाई आरोप लागेको पी डित नाबालिग रहेको देखिएको छ। प्रहरीले प्राप्त गरेको पीडितको जन्म दर्तामा उनको जन्म मिति २०६२ साउन रहेको खुलेको छ।

सो जन्म मिति अनुसार २०७८ साउनमा उनी १६ वर्ष पुगेको देखिन्छ। घटनाको समयमा उनको उमेर १५ वर्ष देखिन्छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार अनुसन्धान प्रक्रियामा उमेर पहिल्याउने प्रमुख प्रमाण जन्म दर्ता नै हो। जन्म दर्ताको आधारमा घटनाको समयमा उनको उमेर १६ वर्ष भन्दा कम देखिएको छ। अनुसन्धानमा हेर्ने भनेको जन्म दर्ता नै हो।ु

प्रहरीले पी डितको स्वास्थ्य परीक्षण पनि गरिसकेको छ। स्वास्थ्य परीक्षणमा नाबालिगको कन्या जाली च्यातिएको स्वास्थ्य प्रतिवेदन आइसकेकाले आरोपी विरुद्ध दुवै प्रमाण बलियो रहेको एक प्रहरीले जानकारी दिए। किशोरीको मु द्दा हेरेकी अधिवक्ताले पनि पल विरुद्ध बलियो प्रमाण फेला परेको पुष्टि गरेकी छन् । उनले एक भिडियो अन्तरवार्ताका क्रममा किशोरीको कन्याजाली च्यातिएको प्रमाण चिकित्सकले दिएको बताएकी छन् ।

तनहुँ प्रहरीको हिरासतमा रहेका पलले प्रहरी बयानमा भने आरोप अस्वीकार गरेका छन्। उनले पी डित परिचित रहेको र सँगै म्युजिक भिडियो खेल्नेक्रममा एकै होटलमा बसे पनि कर णी भने नगरेको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *