• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा नेपालमा पनि प्रदर्शन

Bydeep

Mar 4, 2022

काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा नेपालमा पनि प्रदर्शन गरिएको छ । नेपालका मानव अधिकारवादीहरुले युक्रेनमाथि गरिएको बर्बर आक्रमण अन्त्य गर्न माग गर्दै प्रदर्शन गरेका छन् । काठमाडौं स्थित रुसी दूतावास अगाडी भेला भएर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

युक्रेनबाट तत्काल सेना फिर्ता लैजान, शान्ति वार्तालाई निष्कर्षमा पुर्याउन, युद्धसँग सरोकार नभएका मानिस माथि बम, बन्दुक र ट्यांक प्रयोग नगर्न प्रदर्शनकारीले रुसी सरकारको ध्यानाकर्षण गराएका छन् । शान्तिपूर्वक बाँच्न पाउने युक्रेनी जनताको मानव अधिकारप्रति ऐक्यवद्धता प्रकट गर्दै उनीहरुले राष्ट्रसंघ लगायतका विश्व संस्थाहरुलाई पहलकदमी लिन पनि आह्वान गरेका छन् ।

मानव अधिकारवादी एवं राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य कपिल श्रेष्ठ, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसी, एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्वअध्यक्ष राजन कुईंकेल, मानव अधिकारवादी कनकमणि दीक्षित, नेपाल मानव अधिकार संगठनका अध्यक्ष महा मुनिश्वर आचार्य लगायतले युक्रेनी जनताको बाँच्न पाउने अधिकारको सम्मान गर्दै आफ्ना सेना फिर्ता लैजान रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *